- हाम्रो बारेमा
- कसरी प्रयोग गर्ने ?
- विज्ञापन तथा पिआर सपोर्ट
- नियम तथा हाम्रा सर्तहरू
- हामीलाई सम्पर्क गर्नुहोस
© २०२० पब्लिक न्यूज एजेन्सी प्रा. लि.।
Laravel Developer in Nepalविज्ञापन तथा पिआर सपोर्ट
पिएनएमार्फत विज्ञापन कम्पनीहरूले व्यापार प्रवद्र्धनको लागि विज्ञापन दिन सक्नेछन् । विभिन्न ब्यानरमार्फत पिएनएमा आफ्नो व्यापारिक प्रचार गर्ने सुविधा उपलब्ध गराइने छ । तीनवटा माध्यमबाट कुनै पनि बिजनेस हाउसले पिएनएबाट फाइदा लिन सक्छन् । एड एजेन्सीमार्फत, पिएनएमा राखिने विभिन्न ब्यानर एड मार्फत र प्रेस विज्ञप्ती पठाएर कुनै पनि बिजनेस तथा कर्पोरेट हाउसले लाभ लिन सक्छन् ।
अहिलेको अवस्थामा अनलाइन विज्ञापन अन्य माध्यमभन्दा बढी प्रभावकारी मानिन्छ । यसले कुनै पनि व्यवसायको ब्राण्डिङमा अहं भूमिका निभाउँदै आएको छ । विज्ञापनमा चासो भएका नयाँ पुस्ता र व्यापार प्रवद्र्धनको लागि पिएनए एक ठूलो माध्यम बन्न सक्छ ।
विक्री वितरण बढिरहेको अहिलेको यो डिजिटल युगमा मार्केटिङ गर्ने धेरै माध्यम तय भइसकेका छन् । यसअन्तर्गत पर्ने अनलाईन विज्ञापनलाई हेलाको दृष्टिले हेर्नु उचित हुँदैन । यसै विषयलाई मध्यनजर गरेर हामी कुनै पनि संस्थाको मार्केटिङ पोलिसीलाई ध्यानमा राखेर उक्त संस्थाको विकासमा टेवा पुर्याउनेछौं ।
पिएनएबाट कसलाई के फाइदा ?
पिएनएबाट विशेषगरी चार प्रयोगकर्ताले लाभ प्राप्त गर्न सक्नेछन् । ती हुन– सञ्चारगृह, स्वतन्त्र पत्रकार, कर्पोरेट हाउस र आम पब्लिकले फाइदा बटुल्न सक्नेछन् । अन्य सञ्चारगृहहरूले सममाचार पिएनएबाट लिन र दिन पनि पाउने सुविधा रहेको छ ।
सञ्चारगृह
सञ्चारगृहहरूले सममाचार पिएनएबाट लिन र दिन पाउने सुविधा रहेको छ ।
स्वतन्त्र पत्रकार
स्वतन्त्र पत्रकारहरूले आफ्नो समाचार सामाग्री पिएनएलाई विक्री गर्न सक्नेछन् भने पिएनएका समाचार पनि पुनः समाचार बनाउनका लागि प्रयोग गर्न सक्नेछन् ।
कर्पोरेट तथा बिजनेस हाउस
कर्पोरेट तथा बिजनेस हाउसले पिएनएमार्फत आफ्ना प्रेस विज्ञप्ती सम्प्रेषण गर्न सक्नेछन् । व्यापारसँग सम्बन्धित समाचार सामाग्री पनि पिएनएले प्रवद्र्धन गर्नेछ ।
पब्लिक
आम पब्लिकले पनि पिएनएमार्फत आफ्नो चासोको समाचार सम्प्रेषण गर्ने मौका पाउनेछन् । आफ्नो घर छिमेक या वरिपरि हुने घटनालाई समाचारको रूप दिने मौका आम पब्लिकलाई पिएनएले उपलब्ध गराउनेछ ।